महराविरुद्ध मुद्दा दर्ता ! कुन अभियोग र के मागदाबी ?

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले केही बेरमै निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने भएको छ ।

सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा मुद्दाको तयारी गरिरहेको छ । सरकारी वकिलको कार्यालयका अनुसार, बिहीबार अपरान्हसम्ममा महराविरुद्ध मुद्दा दर्ता हुनेछ । तर कुन अभियोग र के मागदाबी हुनेछ भन्नेबारे सरकारी वकिलको कार्यालयले खुलाएको छैन ।

बिहीबार मुद्दा दर्तापछि समय बाँकी नरहने भएकाले शुक्रबारदेखि महरामाथि थुनछेकको बहस हुनेछ। अनि उनलाई थुनामा राखेर मुद्दा अघि बढाउने, धरौटी वा साधारण तारिखमा छाड्ने भन्ने अदालतले तय गर्नेछ ।

यसअघि तिहार बिदा सुरु हुनुभन्दा अघिल्लो दिन प्रहरीले महरामाथि दुई अभियोगमा मुद्दा चलाउन रायसहित प्रतिवेदन बुझाएको थियो ।

२०७६ कात्तिक १४ गते प्रकाशित

२०७६ कार्तिक १४ गते १५:१८ मा प्रकाशित

You can share this post!

‘भीआईपी जुवाडे’ विरुद्ध अनुसन्धान गर्न ७ दिनको म्याद थप

कर्मचारी र श्रमिकको तलब तथा ज्यालादर १३ प्रतिशतले वृद्धि

Related posts