back
NMB ad

शिक्षा मन्त्रालयले माग्यो यी पदका लागि कर्मचारी

Kumari bank ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन ।

सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन।

‘उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन ।’ –मन्त्रालय स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

इमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर पनि बुझाउन सक्ने व्यवस्था गरेपछि कतिपयले मन्त्रालयमै गएर आफ्नो योग्यतासहितको व्यक्तिगत विवरण बुझाएका हुन ।

मन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिका लागि आफूलाई समेत केही व्यक्तिले व्यक्तिगत विवरण उपलब्ध गराएको जानकारी दिँदै भन्नुभयो– ‘विवरण माग गरेलगत्तै करिब ४० जनाले नाम दिएका छन । ’ उहाँका अनुसार आज वा आज नभए आइतबारसम्म पहिलोचरणको नाम सार्वजनिक गर्ने तयारी छ ।

२०७६ कात्तिक १५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १५ शुक्रवार ०९:५९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...