गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १६.१५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८५प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । बैंकले ४५ करोड ३ लाख २१ हजार ४३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, २ करोड ३७ लाख १ हजार १२७ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश बाँड्नेछ । हाल गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्नेछ ।

२०७६ कात्तिक १५ गते प्रकाशित

२०७६ कार्तिक १५ गते ११:४१ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकले सार्वजनिक गर्यो कर्जाको नयाँ ब्याजदर, कुनमा कति ? (सूचिसहित)

शिक्षक पदस्थापना सम्बन्धी यस्तो आयो सूचना

Related posts