back
NMB ad

अधिकृत तहको परीक्षामा माग भन्दा कम कम संख्यामा परीक्षार्थी उत्तीर्ण

Kumari bank ad

काठमाडौँ । स्थानीय तहकै लागि भनेर पहिलोपटक लोकसेवा आयोगबाट सञ्चालित आन्तरिक लेखापरीक्षक (आलेप) अधिकृत छैटौं तहको परीक्षामा ७ वटा केन्द्रमा मागभन्दा कम संख्यामा परीक्षार्थी उत्तीर्ण भएका छन ।

विभिन्न केन्द्रबाट गत भदौ ६ र ७ मा सञ्चालित परीक्षाको गत कात्तिक ८ मा प्रकाशित नतिजामा आवश्यकभन्दा कम संख्यामा परीक्षार्थी उत्तीर्ण भएका हुन ।

महेन्द्रनगर, जुम्ला, सुर्खेत, जलेश्वर, इलाम, धनकुटा र खोटाङ केन्द्रमा माग संख्याभन्दा कम उत्तीर्ण भएका हुन । ‘परीक्षा पास गर्नका लागि कम्तीमा ४० नम्बर ल्याउनै पर्छ ।

धेरैले ल्याउन नसकेका कारण आवश्यक माग संख्याअनुसार उत्तीर्ण नभएको हो’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने ।

आयोगका अनुसार महेन्द्रनगर केन्द्रबाट सञ्चालित परीक्षामा आन्तरिक लेखापरीक्षक ७४ पदका लागि २ सय ६८ सहभागी भएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

तीमध्ये खुलातर्फ ७० सिटमा ५० जना मात्र उत्तीर्ण भएका छन । खुलातर्फको बाँकी २० सिटमा कसैले नामै निकाल्न सकेनन । महिलातर्फ भने ४ जना मागेकामा ६ जनाले नाम निकालेका छन ।

जुम्लाबाट आन्तरिक लेखापरीक्षक पदमा खुला र महिला गरी २६ सिट माग भएको परीक्षामा ६० जना सहभागी थिए । नौजना मात्र उत्तीर्ण भएका छन ।

एक सिट महिलाका लागि मागिएको थियो । त्यसमा नतिजा शून्य छ । एक सिटका लागि एकजना महिलाले पनि नाम निकाल्न सकेनन ।

सुर्खेतबाट आन्तरिक लेखापरीक्षक पदको परीक्षामा खुला ६१ र एक महिलाका लागि विज्ञापन भएको थियो । त्यसमा जम्मा ४५ जनाले मात्र नाम निकालेका छन ।

जलेश्वरबाट सबै समावेशी सिटमा १ सय ५४ पद माग भएकामा खुला र महिला सिटमा पर्याप्त नाम निस्केन । खुलातर्फ १ सय २७ मागिएकामा ८८ र महिलातर्फ २० मागिएकामा ११ ले मात्र नाम निकालेका छन ।

इलामबाट आन्तरिक लेखापरीक्षकमा खुला र महिला गरी ३७ पदका लागि माग थियो । खुलातर्फको ३६ सिटमा २२ जनामात्र उत्तीर्ण भएका छन ।

यो केन्द्रमा १ सय ४० जनाले परीक्षा दिएका थिए । धनकुटाबाट १ सय ६ पदका लागि ४ सय ७१ परीक्षार्थी सहभागी थिए । खुलातर्फ मागिएको ८३ पदमा ७० ले मात्र पास गरे ।

दलित र अपांगतर्फ १र१ सिटमा कसैले नाम निकाल्न सकेनन । त्यस्तै खोटाङबाट प्रशासन अधिकृतका लागि ३१ पदका लागि ५७ जनाले परीक्षा दिएका थिए, त्यसमा जम्मा २५ मात्र पास भए ।

२०७६ कात्तिक १५ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक १५ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...