back
NMB ad

बन्द इजलाशमा बयान लिने क्रममा महराले गरे यस्तो जिकिर, अब के हुन्छ ?

Kumari bank ad

काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएका कृष्णबहादुर महराले अदालतमा शाहीको कोठामा आफू नगएको बयान दिएका छन ।

शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेका हुन । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान चलिरहेको छ ।

इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन ।

महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन । उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन । प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत बताएका छन । उनले त्यस दिन मदिरा सेवन नगरेको दावी पनि गरेका छन ।

संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ छ । महराले ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको हुनसक्ने जिकिर समेत गरेका छन् ।

महराको शुक्रबार बयान नसकिएकाले उनलाई पुन थुनामै लैजाने तयारी भएको छ । आइतबार १० बजे नै अदालतमा हाजिर गराइने छ । त्यस दिन उनको थुनछेक सम्बन्धी बहस हुनेछ ।

सरकारी वकिल र महराका कानुन व्यवसायीले आआफ्नो प्रतिरक्षा गर्नेछन । त्यसपछि इजलाशले महरालाई पुर्पक्षलाई थुनामा पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने विषयमा निर्णय आउनेछ ।

वि.सं.२०७६ कात्तिक १५ शुक्रवार १५:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...