back
NMB ad

अब विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न स्नातक तह उत्तीर्ण हुनुपर्ने

Kumari bank ad

काठमाडौं । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण हुनुपर्ने नियम लागू गरेको हो ।

नगर शिक्षा समितिका संयोजक एवं नगर प्रमुख नरेन्द्र गुप्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको सञ्चालक समितिको अध्यक्षको शैक्षिक योग्यताले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो नियमावली कार्यान्वयनको थालनी गरिएको जानकारी दिए ।

सोही शैक्षिक योग्यताका आधारमा वडा शिक्षा समितिबाट सिफारिस भई आएका तीन जना नामावलीउपर नगर शिक्षा समितिले एक जनालाई विद्यालयको सञ्चालक समितिको अध्यक्ष पदमा बहाली गर्ने गरेको छ भने बाँकी सदस्य नियमानुसार चयन हुने गरेका छन।

यस निर्णयसँगै सामुदायिक विद्यालयका सञ्चालक समितिको अध्यक्षमा अध्ययन गरेको योग्य व्यक्ति आउने भएपछि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निकै सघाउ पुग्ने अपेक्षा गरिएको नगर प्रमुख एवं नगर शिक्षा समितिका संयोजक गुप्ताले बताए ।

तत्कालको अवस्थामा नगरभित्र विद्यालय सञ्चालक समितिको म्याद सकिएका विद्यालयमा सोहीअनुसार नगर शिक्षा समितिले सञ्चालक समिति बनाउने गरेको छ ।

यसअगावै रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय गाभ्ने अभियान, आन्तरिक स्रोत व्यवस्थापनलगायतका काम थालनी गरिसकेको छ । रामग्राम नगरपालिकाभित्र जम्मा ३३ वटा सामुदायिक विद्यालय रहेका छन ।

२०७६ कात्तिक १६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १६ शनिवार १२:०७ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...