back
NMB ad

हेर्नुहोस् ! यी बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकमा कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । विभिन्न बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन । नबिल, जनता र सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा तीन वटा बैंकका ब्याजदर समान रहेको छ । जसमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ । त्यस्तै बचतमा भने बैंकको ब्याजदरमा भिन्नता छ ।

जनता बैंकले बचतमा ६.५० प्रतिशत, सनराइज बैंकले ६ र नबिल बैंकले बचतमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने जनाएका छन । हाल नबिल बैंकको १७ वटा बचत खाता सञ्चालनमा छन । जसमा अधिकतम ५.७५ र न्यूनतम ३.७५ प्रतिशत ब्याज रहेको छ ।

त्यस्तै सनराइज बैंकको बचतमा अधिकतम ६ र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १७ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

यता जनता बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसको बचतमा ब्याज ६.५० प्रतिशत छ । नबिल बैंकले असोज मसान्तसम्मको आधारदर पनि सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट अन्य प्रकारका कर्जा लिँदा १४.४४ प्रतिशतसम्म ब्याज लाग्ने जनाएको छ ।

त्यस्तै शैक्षिक धितोकर्जा १२.९४ अटो लोन १२.९४, विद्युतीय सवारी साधन खरिदका लागि ११.४४, हाउजिङ लोनमा १२.४४ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

सनराइज बैंकले पनि असोज मसान्तसम्मको आधारदर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधारदर ९.९७ प्रतिशत छ ।

बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १५.९७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट रियल स्टेट, घर कर्जा, शैक्षिक धितोकर्जा, कृषि कर्जा, सुन धितो राखेर कर्जा लिँदा १५.९७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

यता जनता बैंकले असोज मसान्तसम्मको आधार दर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तको आधार दर १०.१३ प्रतिशत छ ।

बैंकबाट ऋण लिनेले १६.१३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट ऋण लिँदा टर्म लोन, हाउजिङ लोन, अटो लोन, शैक्षिक धितो कर्जा, सेयर धितो कर्जा लिँदा बैंकमा १६.१३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार ०९:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...