back
NMB ad

मर्जरको विशेष प्रस्तावसहित प्रभु बैंकका साधारण सभा मंसिर १६ गते, बोनस कति ?

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले मंसिर १६ गते १८ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने जनाएको छ ।

बैंकले एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर दिएपछि चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ कायम हुने छ ।संस्थापक शेयरधनीको हिस्सा घटाउने विशेष प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ ।

बैंकको यस अगाडि संस्थापक शेयर ५५ प्रतिशत र सर्वसाधारण शेयर ४५ प्रतिशत छ ।यस्तो अनुपात परिवर्तन गर्दै संस्थापकहरुको ५१ प्रतिशतमा झार्ने र सर्वसाधारणको ४९ प्रतिशत पुर्याउने बताइएको छ ।

यससँगै दोस्रो बजारमा बैंकको सर्वसाधारण शेयर धेरै हुनेछ । साधारणसभामा बैंकको चल अचल सम्पत्ति तथा दायित्व ‘डिडिए’ को मूल्याङ्कन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अगाडि सारिएको छ ।

डिडिएसँगै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि कात्तिक २६ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कात्तिक २५ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर प्राप्त गर्न सक्नेछ ।  साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज हुने बैंकले जनाएको छ ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...