back
NMB ad

यस्ता छन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेका चार आरोप

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको चार आरोप लागेको छ । सरकारले उनीमाथि छानविन गर्न राष्ट्र बैंकको संचालक समितिलाई सिफारिस गरेको छ । श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको आरोप लागेको हो ।

यस्तै, सर्वोच्च अदालतले फैसला नपुग्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर लैजान सहयोग गरेको आरोप लागेको छ ।

श्रेष्ठमाथि सम्पती शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको छ ।

उक्त सफ्टवेयर राष्ट्रसंघको सहयोगमा नेपाल भित्रिएको थियो । सोही विषयमा छलफलका लागि संचालक समितिले आज बैंठक बोलाएको छ ।

श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय र अर्थमन्त्रालय तथा सम्पती शुद्धिकरण विभागमा पनि उजुरी परेको स्रोतले बतायो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार नेपाल सरकार मन्त्रीपरिषद्ले डेपुटी गभर्नरलाई पदमुक्त गर्नसक्ने व्यवस्था छ । तर, सरकारले यसरी पदमुक्त गर्नुभन्दा अघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने अवसर पनि दिन्छ ।

संचालन समितिको बैंठकले छानविनको लागि नयाँ समिति बनाउनेछ । उक्त छानविन समितिको आधारमा श्रेष्ठमाथि छानविन हुन्छ ।

डेपुटी गभर्नरविरुद्ध छानविन हुनासाथ उनी पदबाट स्वतः निलम्बन भएको मानिनेछ । छानविनले बैंकको कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा संचालन समितिमा पदमुक्तको लागि सिफारिस गर्ने छ ।

छानविन समितिको सिफारिसमै संचालक समितिले भने कारबाही गर्दैन । आरोपिलाई स्पष्टिकरणको लागि संचालक समितिले मौका दिन्छ ।

त्यतिबेला चित्तबुझ्दो जवाफ नपाएमा संचालक समितिले सरकारलाई पदमुक्त गर्न सिफारिस गर्छ र सरकारले पदमुक्त भएको घोषणा गर्छ । अहिले डेपुटि गभर्नरमाथि लागेको आरोपका आधारमा भने उनी स्वत पदमुक्त हुनेछन ।

२०७६ कात्तिक १७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १७ आइतवार १४:१० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...