back
NMB ad

हेर्नुहोस् ! यी हुन विश्वकै धनि १० मुलुक

Kumari bank ad

काठमाडौं । पृथ्वीमा २०० मुलुकहरु छन । तर याहाँका जनताको आम्दानीका आधारमा केही मुलुकहरु विश्वकै धनी बन्न सफल भएका छन । यहाँ प्रस्तुत गरिएको छ विश्वका सर्वाधिक धनी मुलुक:

१. कतारः

यो मुलुकमा विशाल मात्रामा तेलको भण्डार रहेको छ । जीडीपी प्रति व्यक्ति आयका आधारमा यो मुलुक विश्वकै धनी रहेको छ । यो मुलुकको बेरोजगारी दर पनि ०.४ प्रतिशत मात्रै रहेको छ । याहाँका नागरिकको प्रतिव्यक्ति आय पनि वार्षिक १ लाख २४ हजार डलर रहेको छ ।

२. लक्जेम्बर्गः

यो मुलुकमा ६ लाख मात्रै जनसंख्या रहेको छ । याहाँको बेरोजगारी दर ५ प्रतिशत रहेको छ । यो मुलुकको आम्दानीको प्रमुख स्रोत भनेको स्टिल उत्पादन र अन्तर्रा्ष्ट्रिय बैंकिङ रहेको छ । घना जंगलले पनि स्थानिय व्यवसायलाई सहयोग गर्दै आएको छ । याहाँका नागरिकको जीडीपी प्रतिव्यक्ति आय १,०९,१९० डलर रहेको छ ।

३. सिंगापुरः

यो सानो टापु मुलुक विश्वकै धनी मुलुकको रुपमा सधै प्रतिस्पर्धीको रुपमा रहन सफल भएको छ । याहाँका नागरिकको जीडीपी प्रति व्यक्ति आय ९० हजार ५३० डलर रहेको छ ।

४.स्वीट्जरल्यान्डः

यो सानो मुलुक पहाडै पहाडले घेरिएको छ । याहाँको जनसंख्या केबल ९० लाख रहेको छ भने जीडीपी प्रति व्यक्ति आय ८० हजार डलर रहेको छ ।

५. ब्रुनाईः

यो मुलुक सांस्कृतिक सम्पदाको रुपमा धनी रहेको छ । यो मुलुक सिंगापुरपछि दक्षिणपूर्वी एसियामा दोस्रो सर्वा्धिक विकसित मुलुक हो । याहाँको जीडीपी प्रति व्यक्ति आय ७६ हजार डलर भन्दा बढी रहेको छ ।

६. नर्वेः

यो मुलुक बस्नका लागि विश्वकै खुसी मात्रै नभएर विश्वका धनी मुलुकहरु मध्येमा पनि पर्छ । याहाँको जीडीपी प्रति व्यक्ति आय ७४ हजार ८८२ डलर रहेको छ ।

७. आयरल्यान्डः

यो मुलुक आर्थिक सहयोग र विकासका लागि संगठन (ओईसीडी) को सदस्य रहेको छ । यो मुलुकको रोजगारीको अवस्था बलियो रहेको छ । याहाँका जनताको जीडीपी प्रति व्यक्ति आय ७२ हजार ६३० डलर रहेको छ ।

८. कुवेतः

तेलको मूल्यमा आएको गिरावटबाट केही मुलुकहरु प्रभावित भए पनि कुवेत भने बलियो अवस्थामा रहेको छ । यो मुलुकको जीडीपी प्रति व्यक्ति आय ७० हजार डलर रहेको छ ।

९. संयुक्त अरब इमिरेट्सः

संयुक्त अरब इमिरेट्स ७ ओटा अरेबिक राज्यहरु मिलेर बनेको छ । दुबई यसको सर्वा्धिक जनसंख्या भएको सहर हो । याहाँको जीडीपी प्रति व्यक्ति आय ६८ हजार २५० डलर रहेको छ ।

१०. हङकङः

विश्वकै समृद्ध मुलुकको सूचीमा हङकङ १० औं स्थानमा रहेको छ ।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...