back
NMB ad

ब्रोकरको काम गर्न धमाधम सहायक कम्पनी खोल्दै बैंक, कुन–कुन बैंकले खोले ?

Kumari bank ad

काठमाडौं । बैंकलाई शेयर ब्रोकरको लाईसेन्स दिने प्रक्रिया रोकिएको भएपनि बैंकहरूले भने भटाभट सहायक कम्पनी खोल्ने प्रक्रिया अघि बढाएका छन ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार हालसम्म ११ वाणिज्य बैंकले शेयर ब्रोकरको काम गर्न कम्पनी नै खोलिसकेका छन ।हालै सिभिल बैंकले शेयर ब्रोकरको काम गर्न ’सिभिल सेक्युरुटिज’ कम्पनी खोलेको छ भने सेन्चुरी कमर्सियल बैंकले ’सेन्चुरी स्टक ब्रोकर’ कम्पनी खोलेको छ ।

जनता बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक, प्रभु बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले यस अघिनै सहायक कम्पनी खोलिसकेका छन ।

सहायक कम्पनी खोलेपनि बैंकहरूलाई ब्रोकरको काम गर्न दिने प्रक्रिया भने रोकिएको छ । बैंकलाई शेयर ब्रोकरको काम गर्न लाइसेन्स दिने बारे अध्ययन गर्न अर्थ समितिले नेकपाकी सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा अध्यनकालागि उपसमिति बनाएको छ ।

उक्त समितिले दुई महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्ने बताइएको छ । सो समितिको प्रतिवेदन नआउन्जेलसम्मकालागि लाइसेन्स दिने प्रक्रिया भने रोकिएको हो।

२०७६ कात्तिक १९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १९ मंगलवार ०९:२४ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...