शुक्रबार सार्वजनिक विदा

काठमाडौं । कात्तिक २२ गते शुक्रबार सार्वजनिक विदा दिने भएको छ । चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको हो ।

आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई कार्तिक २२ गते शुक्रबार सार्वजनिक बिदा दिइने नगरपालिकाले जनाएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले भने, ‘विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायणको महत्व बढि रहेकाले बिदा दिने निर्णय गरेका हौं ।’

नगरपालिकाले गत वर्ष पनि सोही दिन बिदा दिएको थियो । सोही बिदालाई यो वर्ष पनि निरन्तरता दिएको थियो । हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।

२०७६ कात्तिक १९ गते प्रकाशित

२०७६ कार्तिक १९ गते १५:४२ मा प्रकाशित

You can share this post!

नागढुंगा सुरुङमार्गको काम अर्को सातादेखि सुरु, आवश्यक उपकरण लिन गए जापानी कम्पनी

सवारी संचालनमा जोर विजोर प्रणाली लागु, महिला चालक रहेको सवारीमा भने छुट

Related posts