back
NMB ad

माछापुच्छ्रे बैंकमा कुन पदका कर्मचारीको कति कमाइ ? हेर्नुहोस् ! यस्तो छ विवरण

Kumari bank ad

काठमाडौं । जागिर खानेका लागि बैंकको जागिर आकर्षक जागिर हो । वित्तीय क्षेत्रमा कामको चाप अत्यधिक भए पनि करिअरका दृष्टिले राम्रो मानिन्छ ।

बैंकमा जागिर खाने र बैंकर बन्ने चाहना धेरैको हुन्छ । त्यसैले पनि होला, पछिल्लो समय व्यवस्थाप संकाय अध्ययन गर्ने र यसै क्षेत्रमा करिअर बनाउने चाह हुनेहरुको संख्या ठूलो छ ।

माछापुच्छ्रे बैंकले हालै मात्र ठूलो संख्यामा कर्मचारी माग गरेको थियो । बैंकले विभिन्न पदमा ११५ जना कर्मचारी माग गरेको थियो । हजारौंको संख्यामा आवेदन परेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकमा जागिर खाँदा कुन तहमा कति तलबरभत्ता हुन्छ भन्ने जानकारी दिने प्रयास गरेको छ । बैंकमा सबैभनदा ठूलो कार्यकारी पद हो प्रमुख कार्यकारी अधिकृत (सीइओ) । माछापुच्छ्रे बैंकमा सुमनप्रसाद शर्मा सीइओ छन।

गत वर्ष उनले बैंकबाट १ करोड २३ लाख रुपैयाँ तलबरभत्ता तथा सेवा सुविधा र बोनस बापत लिएका छन् । मासिकरुपमा हेर्दा सीइओ शर्माले बैंकबाट १० लाख २५ हजार रुपैयाँ बुझ्छन।

यो सबै पैसा उनले आफ्नो खल्तीमा हाल्दैनन् । आफ्नो कमाइको ३६ प्रतिशत राज्यलाई कर तिर्छन् । र, कर तिरेपछि बचेको रकम मात्रै उनले घर लान पाउँछन ।

सीइओदेखि तल डेपुटी सीइओ र एजीएम छन् । उनीहरुको तलबभत्ता सीइओको भन्दा कम र अन्य कर्मचारीको भन्दा बढी हुन्छ । बैंकले सीईओ बाहेक उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारीलाई गत वर्ष ६ करोड २९ लाख खर्च गरेको छ ।

बैंकमा चिफ म्यानेजर पदमा काम गर्ने कर्मचारीको बेसिक स्यालरी १ लाख २७ हजार रुपैयाँ हो । तर, अलाउन्स, ग्रेड र महंगी भत्ता समेत गरी चिफ म्यानेजरले मासिक मासिक २ लाख १२ हजार रुपैयाँ पाउँछन । यसमा बोनस भने जोडिएको छैन ।

समग्रमा बैंकले आफ्ना कर्मचारीलाई बेसिक स्यालरीको ६ महिना बराबरको बोनस खुवाउँदै आएको छ । जसअनुसार सिनियर म्यानेजर पदमा काम गर्ने कर्मचारीले एक वर्षमा साढे ७ लाख रुपैयाँ बोसन पाउँछन् । जसअनुसार सिनियर म्यानेजरका लागि बैंकले एक वर्षमा ३३ लाख रुपैयाँभन्दा बढी खर्च गर्छ ।

त्यस्तै, सिनियर म्यानेजर पदमा कार्यरत कर्मचारीले बैंकबाट तलबरभत्ता गरी मासिक १ लाख ६८ हजार पाउँछन् । सिनियर म्यानेजरको बेसिक स्यालरी ९७ हजार रुपैयाँ हो । जसअनुसार यो पदमा कार्यरत कर्मचारीले एक वर्षमा ५ लाख ८४ हजार रुपैयाँ बोनस पाउँछन् । जसअनुसार बैंकले सिनियर म्यानेजरका लागि एक वर्षमा २६ लाख २ हजार रुपैयाँ खर्च गर्छ ।

म्यानेजर तहका कर्मचारीले १ लाख ४७ हजार पाउँछन् भने डेपुटी म्यानेजर तहका कर्मचारीले १ लाख २४ हजार रुपैयाँ पाउँछन् । म्यानेजर तहका कर्मचारीको बेसिक स्यालरी ८४ हजार रुपैयाँ छ भने डेपुटी म्यानेजर तहका कर्मचारीको बेसिक स्यालरी ७० हजार रुपैयाँ छ । बैंकले दिने बेसिक स्यालरीको ६ महिना बराबरको बोनस समेत जोड्दा म्यानेजर तहका कर्मचारीका लागि बैंकले २२ लाख ६९ हजार रुपैयाँ खर्च गर्छ । त्यसैगरी डेपुटी म्यानेजरका लागि बैंकले बोनस समेत गरी एक वर्षमा १९ लाख १९ हजार रुपैयाँ खर्च गर्छ ।

त्यस्तै, असिस्टेन्ट म्यानेजर तहका कर्मचारीले ९७ हजार रुपैयाँ पाउँछन् । यो तहका कर्मचारीको बेसिक स्यालरी ५४ हजार रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस सहित गरेर असिस्टेन्ट म्यानेजर तहको कर्मचारीका लागि बैंकले एक वर्षमा १४ लाख ९० हजार रुपैयाँ खर्च गर्छ ।

सिनियर अफिरले तलब भत्ता गरी मासिक ८३ हजार रुपैयाँ बुझ्छन् । यो तहको बेसिक स्यालरी ४७ हजार रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस समेत जोड्दा सिनियर अफिसरका लागि बैंकले एक वर्षमा १२ लाख ८२ हजार रुपैयाँ खर्च गर्छ ।
त्यस्तै, अफिसर तहका कर्मचारीले मासिक रुपमा तलब भत्ता गरी बैंकबाट ७० हजार रुपैयाँ लिन्छन् । यो तहका कर्मचारीको बेसिक् स्यालरी ३९ हजार रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस समेत जोड्दा बैंकले अफिसरका लागि एक वर्षमा १० लाख ८३ हजार रुपैयाँ खर्च गर्छ ।

जुनियर अफिसर तहका कर्मचारीले मासिक ५२ हजार रुपैयाँ पाउँछन् । यो तहका कर्मचारीको बेसिक स्यालरी २८ हजार ५५० रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस सहित जोड्दा जुनियर अफिसर तहका कर्मचारीको लागि बैंकले एक वर्षमा ७ लाख ९७ हजार रुपैयाँ खर्च गर्छ ।

सिनियर असिस्टेन्ट तहका कर्मचारीले मासिकरुपमा तलबभत्ता बापत ३९ हजार ६९० रुपैयाँ बुझ्छन् । यो तहका कर्मचारीको बेसिक स्यालरी २० हजार ७५० रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस समेत जोड्दा सिनियर असिस्टेन्टका लागि बैंकले एक वर्षमा ६ लाख रुपैयाँ खर्च गर्छ ।

असिस्टेन्ट तहका कर्मचारीले मासिक तलबभत्ता बापत ३३ हजार ५९० रुपैयाँ बुझ्छन् । यो तहका कर्मचारीको बेसिक स्यालरी १७ हजार ३०० रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस समेत गर्दा असिस्टेन्त तहका कर्मचारीको लागि बैंकले एक वर्षमा ५ लाख ६ हजार रुपैयाँ खर्च गर्छ ।

जुनियर असिस्टेन्ट तहका कर्मचारीले मासिकरुपमा तलबरभत्ता गरी ३० हजार रुपैयाँ पाउँछन् । यो तहका कर्मचारीको बेसिक स्यालरी १५ हजार ७९० रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस समेत जोड्दा जुनियर असिस्टेन्ट तहका कर्मचारीका लागि बैंकले एक वर्षमा ४ लाख ५८ हजार रुपैयाँ खर्च गर्छ ।

त्यस्तै, सिनियर ड्राइभर, सिनियर म्यासेन्जर र सिनियर गार्डको तलब तथा भत्ता २६ हजार ४९० रुपैयाँ छ । यो तहका कर्मचारीको बेसिक स्यालरी १३ हजार ८६० रुपैयाँ हो । ६ महिनाको बोनस समेत जोड्दा यो तहका कर्मचारीका लागि बैंकले एक वर्षमा ४ लाख १ हजार रुपैयाँ खर्च गर्छ ।

त्यसैगरी, सिनियर पियन, ड्राइभर, म्यासेन्जर र गार्डको तलब भत्ता सबै गरी कुल २५ हजार ७६० रुपैयाँ पाउँछन् । यो तहका कर्मचारीको बेसिक स्यालरी १३ हजार ३६० रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस समेत जोड्दा यो तहका कर्मचारीका लागि बैंकले एक वर्षमा ३ लाख ९० हजार रुपैयाँ खर्च गर्छ ।

त्यस्तै, जुनियर तहका पियन, म्यासेन्जर र गार्डले बैंकबाट २५ हजार रुपैयाँ मासिक तलबरभत्ता तथा सबै सेवा सुविधाबापत रकम बुझ्छन् । यो तहका कर्मचारीको बेसिक स्यालरी १२ हजार ८८० रुपैयाँ हो । बेसिक स्यालरीमा ६ महिनाको बोनस समेत जोड्दा यो तहका कर्मचारीका लागि बैंकले एक वर्षमा ३ लाख ७७ हजार रुपैयाँ खर्च गर्छ ।

त्यसैगरी, म्यानेजमेन्ट ट्रेनीले ३० हजार रुपैयाँ, ट्रेनी असिस्टेन्टले २३ हजार रुपैयाँ र गोल्ड टेस्टर पदका कर्मचारीले २५ हजार रुपैयाँ मासिक रुपमा बुझ्छन् । यो तहका कर्मचारीले पनि कामको अवधिका आधारमा बोनस पाउँछन् ।

बैंकले गत वर्ष तलबरभत्ता तथा सेवा सुविधा र बोनस सहित गरी कर्मचारीहरुका लागि १ अर्ब २३ करोड रुपैयाँ खर्च गरेको छ । बैंकमा २०७६ सालको असार मसान्तसम्ममा ११ सय ९५ जना कर्मचारी कार्यरत थिए भने २०७५ असार मसान्तमा ९५३ जना कर्मचारी कार्यरत थिए ।

बैंकको संचालक समितिमा रहेका अध्यक्ष तथा संचालकले भत्ता अन्तर्गत बैठक भएको बेला अध्यक्षले १५ हजार र संचालकले १० हजार पाउने व्यवस्था छ । यस बाहेक अध्यक्ष तथा संचालकलाई मोबाइल,इन्टरनेट तथा पत्रपत्रिका खर्च अन्तर्गत मासिक १० हजार दिने गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी जम्मा १६ प्रतिशत लाभांश दिएको छ । गत असोज २४ गते सम्पन्न बैंकको २१औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । आजको दिनमा बैंकले १६ प्रतिशत लाभांश दिनु भनेको राम्रो मानिन्छ ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ भने साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैयाँ संचित छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी २७० स्थानवाट ७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । देशभर बैंकका १६२ वटा एटीएमहरु संचालनमा छन। समाचार स्रोत:  क्लिकमाण्डू

२०७६ कात्तिक २० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २० बुधवार १५:०३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...