सिभिल बैंकले गर्यो नगद लाभांश घोषणा, कति वितरण गर्दै छ ?

काठमाडौं । सिभिल बैंकले ६.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो गत वर्षको भन्दा बढी हो । गत वर्ष सिभिलले ४.०५ प्रतिशत नगद लाभांश दिएको थियो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण सुरु गरिनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

 

२०७६ कात्तिक २१ गते प्रकाशित

२०७६ कार्तिक २१ गते १०:३८ मा प्रकाशित

You can share this post!

यी हुन् धितोपत्र बोर्डको अध्यक्ष पदका आकांक्षी, कस्को सम्भावना कति ?

अब नयाँ विद्यालय सञ्चालन गर्न नपाइने, बन्यो यस्तो नियम

Related posts