back
NMB ad

अब नयाँ विद्यालय सञ्चालन गर्न नपाइने, बन्यो यस्तो नियम

Kumari bank ad

काठमाडौं । अब नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको हो ।

हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो ।

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ ।

हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन ।

यसमध्ये एक लाख ५८ हजार ९७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन ।
कानूनीरूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गरेको हो ।

कामपा शिक्षा विभाग प्रमुख निर्मला केसीका अनुसार नयाँ विद्यालय सञ्चालन गर्नुभन्दा पनि भएकालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेकाले यस किसिमको कार्य अघि बढाइएको हो ।

महानगरमा ९१ सामुदायिक विद्यालयमा एक हजार ८३० शिक्षक कार्यरत छन। यस्तै कामपाले विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालीम, सभा, अवलोकन भ्रमण, खेलकूद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजाँदा कामपा शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ ।
यसैगरी आगामी शैक्षिकसत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने बताइएको छ ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १०:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:४०

काठमाडौं । सरकारले आज वैशाख ११ गते सार्वजनिक विदा दिएको...

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२४

काठमाडौँ, ११ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर...

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:१८

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको...

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...