अन्तिम दिन पनि बढेन सेयर बजार, ६ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार बढ्न सकेन । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ६ अंकको गिरावट आएको छ ।

आज नेप्से ६.०५ अंकले घटेर एक हजार एक सय ३१.९७ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.४० अंकले घटेर २४८.३१ अंकमा पुगेको छ ।

बिहिबार बजारमा १६३ कम्पनीका १२ लाख ९६ हजार ८७७ कित्ता सेयर ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन बजारमा आएका ११ वटा समूहगत उपसुचकमध्ये तीन समूह उकालो लागे भने आठ समूह ओरालो लागेका हुन ।
बिहीबार बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ११ करोड २६ लाख ४३ हजार २७३ रुपैयाँका कारोबार भएको हो ।

नेप्से घटेको दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९६ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, रिदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.१९ प्रतिशत सेयर मूल्य गुमाए ।

२०७६ कात्तिक २१ गते प्रकाशित

२०७६ कार्तिक २१ गते १६:१० मा प्रकाशित

You can share this post!

२७ वाणिज्य बैंकमध्ये १९ वटाले गरे लाभांश घोषणा, कस्को कति ? (सूचि सहित)

राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक

Related posts