back
NMB ad

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि विश्व बैंकसँग १३ अर्ब ६२ करोड ऋण

Kumari bank ad

काठमाण्डौ । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सरकारले विश्व बैंकसँग ऋण लिने भएको छ ।

सरकारले युवा रोजगारी प्रवद्धर्न गर्ने उद्देश्यले रुपान्तरण पहल परियोजनाका लागि १३ अर्ब ६२ करोड रुपैयाँ अर्थात् १ सय २० मिलियन अमेरिकी डलर ऋण लिने भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण दुई काममा खर्च हुने सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुषालले बताए ।

‘रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्न यो ऋण प्रयोग गरिन्छ’ उनले भने, ‘यसले ७ सय ५३ वटै स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न खर्च हुनेछ ।’

उनका अनुसार प्रधानमन्त्री कार्यक्रममा सुचिकृत भएका वेरोजगार युवालाई एक सय दिन काम गरेको तलव पनि यसै ऋणबाट दिइने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निमार्णका लागि पनि यो पैसा खर्च हुने उनले बताए।

सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।भुषालकाअनुसार सरकारले लिएको सहुलियत पूर्ण ऋणको व्याजदर १ प्रतिशत हुनेछ ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १८:१८ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...