वैदेशिक रोजगारमा अब लाइसेन्स अनिवार्य

काठमाडौं । अब वैदेशिक रोजगारीमा लाइसेन्स अनिवार्य चाहिने भएको छ । वैदेशिक रोजगारीमा सवारी चालक पदमा जाने कामदारलाई नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य चाहिने भएको छ ।

श्रम कार्यालय ताहाचलका अनुसार सवारी चालकका रूपमा जाने श्रमिकले नयाँ श्रम स्वीकृति लिँदा, श्रम स्वीकृति नविकरण गर्दा वा वैधानिकीकरण गर्दा अनिवार्य लाइसेन्स देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालमा लिएको वा विदेशमा लिएको जुन लाइसेन्स भए पनि अनिवार्य पेस गर्नुपर्ने प्रावधान ल्याइएको ताहाचाल कार्यालयले जनाएको छ ।

गन्तव्य मुलुकमा सवारीचालक पेसालाई थप सुरक्षित, व्यवस्थित र मर्या्दित बनाउन यस्तो व्यवस्था गरिएको श्रम कार्यालय ताहाचलले जनाएको छ ।

२०७६ कात्तिक २२ गते प्रकाशित

२०७६ कार्तिक २२ गते ०९:०१ मा प्रकाशित

You can share this post!

विभिन्न पदमा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचना सहित)

सरकारले कस्ता विद्यालयलाई गर्दै छ खारेज ? यी हुन् खारेजको सूचिमा परेका विद्यालय

Related posts