back
NMB ad

‘काठमाडौं घोषणा-पत्र’ जारी गर्दै सकियो पोषण विस्तार विश्व सम्मेलन, के छ घोषणा-पत्रमा ?

Kumari bank ad

काठमाडौं । राजधानीमा आयोजित पोषणसेवा विस्तार अभियान सम्बन्धी विश्व सम्मेलन, २०१९ सम्पन्न भएको छ । कात्तिक १८ गते सुरु भएको चारदिने सम्मेलन ‘काठमाडौं घोषणा–पत्र’ जारी गर्दै सकिएको हो ।

सम्मेलन संयुक्त राष्ट्र संघको पहल र सदस्य राष्ट्रहरूको नेतृत्वमा सन् २०१० बाट सुरूवात भएको पोषण सेवा विस्तार अभियान स्केलिङ अप न्युट्रिसन (सन)को पाँचौं विश्व सम्मेलन हो । सम्मेलन एशियामा पहिलो पटक नेपाल सरकार (योजना आयोग) र सन मुभमेन्टको सहकार्यमा आयोजना गरिएको हो ।

सम्मेलनमा ७३ राष्ट्रबाट सहभागिता रहेको थियो भने स्रोत व्यक्ति, साझेदार, पर्यवेक्षक र स्वयंसेवक गरी विश्वका विभिन्न १०१ देशबाट गरी करिव १ हजार २ सय जनाको सहभागिता रहेको थियो । सम्मेलन अवधिभर ४ वटा पूर्णसत्र (प्लेनरी) र २५ वटा कार्यशाला सञ्चालन भएका थिए ।

नेपालको तर्फबाट यस सम्मेलनमा संघीय तथा प्रदेश सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सम्बन्धित मन्त्रालय तथा विभागका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरू, विकास साझेदार, प्राज्ञिक समुह, निजी क्षेत्र तथा पोषण अभियन्ता लगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सन अभियानको काठमाडौं भेलामा सहभागी सदस्य राष्ट्रले चार विषयमा १८ प्रतिवद्धता व्यक्त गरेका छन् । जसमा पोषणको विषयलाई नीगित व्यवस्थामा अंगीकार गर्ने, पोषणको विषय हरेक व्यक्तिको सरोकारको विषय बनाउने, विश्वव्यापी चुनौतिलाई बहुक्षेत्रीय कारबाही गर्ने तथा समानता र सशक्तिकरणमा कसैलाई पछि नछाड्ने विषय रहेका छन।

‘मानवजाति र पृथ्वी दुवैका लागि पोषण’ नारा रहेको यस विश्व सम्मेलनको अन्तिम तथा चौथो दिनको समापन कार्यक्रममा नेपालका लागि जापानका राजदुत मासामिचि साइगोलाई ‘काठमाडौं घोषणा–पत्र’हस्तान्तरण गरिएको थियो । सन् २०२० मा जापान सरकारको आयोजनामा टोकियोमा न्युट्रिसन फर ग्रोथ नाम सम्मेलन हुँदै छ ।

समापन कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको संविधानले स्वास्थ्य सम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्नुका साथै संवैधानिक अधिकारलाई कार्यान्वयनमा उतार्न सरकारद्वारा आवश्यक नीतिगत, कानूनी तथा सेवा प्रदायक संरचनाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिशु तथा मातृ स्वास्थ्यलाई केन्द्रमा राखेर पोषणलाई सुदृढ गर्न वहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएका छौं ।

खाद्य सुरक्षा एवम् खाद्य सम्प्रभुता सम्बन्धी ऐन र प्रजनन स्वास्थ्य सम्बन्धी ऐनले पनि पोषणलाई पनि उच्च प्राथमिकतामा राखेका छौं ।” यस विश्व सम्मेलनले विभिन्न मुलुकहरूका बीचमा अनुभव आदानप्रदान तथा असल अभ्यासबाट सिक्ने अवसर प्रदान गरेको र पोषण संवेदनशील तथा पोषणलक्षित रणनीतिक दृष्टिकोण सहितको उच्च राजनैतिक प्रतिवद्धता व्यक्त गर्ने अवसर समेत प्रदान गरेको उनको भनाइ छ ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका प्राथमिकताका बारेमा यस विश्व सम्मेलनलाई बताउने अवसर प्रदान गरेको दावी गर्नुभयो । पोषण सम्बन्धी यस अभियानको महत्व दिगो विकासका लक्ष्यसँग जोड्दै यी दुवै अभियानका बीच अनोन्याश्रित सम्बन्ध रहेको हुँदा सँगसगै अघि बढाउनु पर्नेमा खतिवडाको जोड दिनुभयो ।

उहाँले यस अभियानमा निजी क्षेत्रलाई पनि नाफामुखि सोचबाट माथि उठेर समाजप्रतिको जिम्मेवारी बोध गर्दै सेवामुखी हिसाबले पोषणसँग सम्बन्धित अभियानमा सहकार्यका लागि आह्वान समेत गर्नुभयो ।

खतिवडाले भन्नुभयो “यस अवसरमा सबै नागरिकहरू, विशेष गरी बालबालिका एवम् किशोरकिशोरीहरूको पोषण आवश्यकता सुनिश्चित गर्न राष्ट्रिय लगानी बढाउँदै लैजानु पर्नेछ ।”

क्षेत्रीय विशेषता एवम् आवश्यकता सम्बोधन गर्न सहयोग एवम् सहकार्य गर्नुपर्ने र यसका लागि आवश्यक पर्ने प्रावधिक एवम् आर्थिक सहायताका लागि दातृ निकाय एवम् विकास साझेदारहरूलाई समेत सहयोग बढाउन खतिवडाको अनुरोध छ ।

हेर्नुहोस् काठमाडौं घोषणा पत्र

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/11/SUNGG-2019-Kathmandu-Declaration-1.pdf” title=”SUNGG 2019, Kathmandu Declaration (1)”]

२०७६ कात्तिक २२ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २२ शुक्रवार १५:४४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...