back
NMB ad

एकैपटकमा ६० उपसचिवको सरुवा, को-कहाँ ? (सूचि सहित)

Kumari bank ad

काठमाडौ । कर र भन्सार कार्यालयका ६० जना उपसचिवको सरुवा गरिएको छ । अर्थ मन्त्रालयले राजस्व प्रशासनका कर्मचारीहरुलाई कर र भन्सार कार्यालयमा सरुवा गरेको छ ।

लामो समयदेखि मन्त्रालय र केन्द्रीय विभागमा बसेका उपसचिवहरुलाई कर र भन्सार कार्यालयको नेतृत्व दिएको छ । अनुभवी र दक्ष उपसचिवहरुले भन्सार र कर कार्यालय समाल्ने भएका छन ।

कर र भन्सार कार्यालयमा २ वर्ष बिताएका उपसचिवहरुलाई विभाग तथा मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयमा र विभागमा लामो समय काम गरेका उपसचिवलाई भन्सार र कर कार्यालयको जिम्मेवारी दिइएको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

कुनै विवाद नहुँनेगरी दक्ष र अनुभवी कर्मचारीलाई मन्त्रालय, बिभाग, कर र भन्सार कार्यालयको जिम्मेवारी दिइएको छ, अर्थमन्त्रालय स्रोतले भन्यो कुनै ब्यक्ति, दल वा नेताको प्रभावमा कर्मचारी खटाईको छैन ।

स्वतन्त्ररुपमा कर्मचारीहरु खटाइएका छन् । विभागीय मन्त्रीले समेत कुनै कर्मचारीको सरुवामा कुनै प्रभाव पारेका छैनन् ।

अति ब्यस्त र बढी कर संकलन हुने काठमाडौंभित्रका कलंकी, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज र चावहिलका कर कार्यालय प्रमुखको सरुवा भएको छ। ललितपुर कर कार्यालयका प्रमुखको विभागमा सरुवा भएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख पनि विभागमा तानिएका छन्। आन्तरिक राजस्वतर्फ भद्रपुर, धरान, धनगढी, कन्चनपुर लगायतका कार्यालय प्रमुखको सरुवा भएको छ ।

भन्सारतर्फ विराटनगर र मेची भन्सार कार्यालयका प्रमुखको सरुव भएको छ भने, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ उपसचिवको पनि सरुवा भएको छ ।

को कहाँ ?

वि.सं.२०७६ कात्तिक २३ शनिवार ०७:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...