back
NMB ad

भारतीय नक्सा विरुद्ध जनता सडकमा उत्रदा शिर्ष नेता प्रधानमन्त्री निवासमा !

Kumari bank ad

विक्रम सुनार, काठमाडौं । भारतले नेपालको सीमा मिचेर आफ्नो नक्सा जरी गरेपछि नेपालमा तरंग आएको छ । भारतले जारी गरेको नक्समा नेपालतर्फको कालापानी, लिपुलेक र लिम्पयाधुराको भुभाग मिचेर नक्सा जारी गरेको छ ।

नक्सा सार्वजनिक भएसँगै नेपालीहरु भारतविरुद्ध जागेका छन् । यही विषयलाई लिएर शनिवार प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र प्रतिपक्ष दल नपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक जुट भएका छन् ।

नक्सा जारी भएसँगै दैनिक हजारौँको संख्यामा सर्वसाधरणदेखि विद्यार्थीसम्मले भारत विरुद्ध सडक तताएका छन् । उनीहरुले भनेका छन्, ‘गो ब्याक इण्डीया । कालापानी हाम्रो हो ।’ शुक्रवार मात्र लैनचौरस्थित भारतीय दुतावास अगाडि हजारौँ संख्यामा उपस्थित नेपालीले नराबाजी गरेका थिए ।

उनीहरुको निधारमा कालो पट्टी थियो, हातमा प्लेकार्ड र अनुहारमा आक्रोस । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा निस्कीएको जुलुसले भारतको नक्सा समेत जलायो । नाकाबन्दीपछि सुतेका नेपाली जनता अहिले ब्युझिएका छन् ।

गत शुक्रबार भारतले विवादित नक्सा जारी गरे पनि छ दिनसम्म भने नेपाल सरकारले कुनै प्रतिक्रिया दिएको थिएन । परराष्ट्र मन्त्रालयले वेनामको अस्पष्ट विज्ञप्ती जारी गरेको थियो । शनिवारसम्म आइपुग्दा भने नेपालले यस विषयमा धारणा बनाइसकेको छ ।

प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवासहित बालुवाटारमा बसेको सर्वपक्षीय बैठकपछि भनेका छन्, ‘लिपुलेक हाम्रो हो । भारतले जारी गरेको नक्सा नेपाललाई स्वीकार्य हुँदैन ।’ नेपालको यो निस्कर्ष अब भारतको लागि टाउको दुखाइको विषय बन्नेछ ।

सर्वपक्षीइ बैठकले स्पष्ट रुपमा भनेको छ की यस विषयमा तत्काल भारतसँग सम्बाद गर्नेछौँ । उनीहरुले कडा रुपमा परराष्टलाई भनेका छन्, ‘विज्ञप्ती निकालेर मात्र हुँदैन, सम्बाद गरेर निस्कर्ष निकाल्नुपर्छ ।’ नाकाबन्दीपछि नेपालले भारतलाई दिएको यो अर्को कडा झड्का हो ।

भारतले भने आफ्नो नक्सामा कुनै समस्या नभएको बताइसकेको छ । तर, अब नेपालसँगको सम्बादमा भारतले लाज पचाउ छ की नाक जोगाउछ हेर्न बाँकी छ ।

२०७६ कात्तिक २३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २३ शनिवार २०:३६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...