back
NMB ad

सिटिजन्स बैंकको कमलादीमा आफ्नै नयाँ भवन, आजबाट कारोबार सुरु

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कमलादीस्थित आफ्नै भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले शाखा विस्तारका क्रममा आज (आइतबार) देखि ८५ औं शाखा कमलादीस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको हो ।

आजबाटै बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ । करिव ५४४२ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरु, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट मुख्य कार्यालय तथा दरबारमार्ग शाखा मार्फत बैंकिंग सेवा सुबिधा प्रदान गर्दै आएको छ ।

हाल उक्त क्षेत्रको बासिन्दा तथा व्यवसायीहरूलाई एटिएम मार्फत मात्र सेवा प्रदान गर्दै आएकोमा अब सम्पूर्ण बैंकिंग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले उक्त शाखा संचालनमा ल्याईएको प्रवक्ता उमंग शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने छ ।

‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

२०७६ कात्तिक २४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २४ आइतवार १५:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...