back
NMB ad

स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे, महासचिवमा भट्ट विजयी, अरु को-को विजयी ?

Kumari bank ad

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी संघले नयाँ नेतृत्व पाएको छ। अध्यक्षमा ‌रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए।

संघको अध्यक्षमा घिमिरे तेस्रो पटक पुगेका हुन्। यसअघि उनी दुई पटक अध्यक्ष भइसकेका छन्।

महासचिवमा दीपक भट्ट निर्वाचित भएका छन्। भट्टले ३१९ मत ल्याएका छन्। महासचिवमा भट्ट र शंकर कँडेलबीच प्रतिस्पर्धामा भएको थियो। कँडेलले २२० मतमा चित्त बुझाए।

यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए। मुडभरी र शर्माले क्रमश १६७ र ९९ मत प्राप्त गरेका थिए।

महिला उपाध्यक्षमा रमिला चौलागाईं विजयी भएकी छिन्। उनले मिरा नेपालभन्दा बढी मत ल्याएर जित हासिल गरेकी हुन्। रमिलाले ३३१ मत प्राप्त गरेकी छन् भने मिराले १८१ मत प्राप्त गरिन्।

कोषाध्यक्षमा सुरेश पासवानले जित हासिल गरेका छन्। पासवानले उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए।

स‌ंघको निर्वाचनमा ५७२ मत खसेको थियो। बिहान ८ बजेबाट सुरु भएको मतदान १२ बजे सकिएको थियो। मतगणना भने २ बजेपछि सुरु भएको थियो।

देशभरबाट आएका करिब ७७१ मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।

२०७६ कात्तिक २४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २४ आइतवार २०:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...