back
NMB ad

यी हुन् डिल्लीबजार कारागारमा रहेका २२ भिआईपी कैदी, को–को छन् ?

Kumari bank ad

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पक्षमा कारागार चलान गर्नुअघि काठमाडौं जिल्ला अदालत, प्रहरी र कारागार प्रशासनका अधिकारीबीच अनौपचारिक कुराकानी भयो ।

विषय थियो– ‘उनलाई कुन कारागार पठाउने ?’ उनलाई कुन कारागार जाने भनेर सोधियो । महराले डिल्लीबजार कारागार रोजे । जेलर अरुण पोखरेलले सबै प्रक्रिया र्पुयाएर ‘क’ ब्लकमा पाँचजना बन्दी अट्ने ‘साझा कोठा’ मा महरालाई राखे । कारागारमा महरा प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीका ‘रुम पार्टनर’ बनेका छन ।

आजको कान्तिपुरमा खबर छ–सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरीलाई पनि चार महिनाअघि सर्वोच्चमा सोधिएको थियो– ‘कुन कारागार जान चाहनुहुन्छ ?’ उनले पनि डिल्लीबजार रोजेका थिए ।

सुडान घोटाला प्रकरणमा ०७४ वैशाख१७ मा दोषी ठहर भएपछि सम्पर्क्विहीन उनी दुई वर्षपछि ०७६ असार १९ मा सर्वोच्चमा उपस्थित भएका थिए ।

ठकुरीलाई उनकै आग्रहमा डिल्लीबजार सदरखोर चलान गरियो । महरा र ठकुरीजस्तै ‘भीआईपी’ कैदीबन्दीहरूको रोजाइ पनि सोही कारागार छ ।

को–को छन् ’भीआईपी’ कैदी ?

  1. डोलबहादुर कार्की (पूर्वसांसद)
  2. रमेशचन्द ठकुरी (पूर्वआईजीपी)
  3. रेशमलाल चौधरी (सांसद)
  4. रञ्जनकुमार कोइराला (सशस्त्रका पूर्वडीआईजी)
  5. कृष्णबहादुर महरा (पूर्वसभामुख तथा सांसद)
  6. पहिले को–को बसेका थिए ?
  7. प्रदीपजंग पाण्डे (पूर्वअध्यक्ष, नेउवा महासंघ)
  8. श्यामसुन्दर गुप्ता (पूर्वमन्त्री)
  9. खुमबहादुर खड्का (पूर्वमन्त्री)
  10. चिरञ्जीवी वाग्ले (पूर्वमन्त्री)
  11. ओमविक्रम राणा (पूर्वआईजीपी)
  12. हेमबहादुर गुरुङ (पूर्वआईजीपी)
  13. सञ्जयकुमार साह (पूर्वराज्यमन्त्री)
  14. श्यामसिंह थापा (पूर्वएआईजी)
  15. रविप्रताप राणा (पूर्वएसएसपी)
  16. दीपकसिंह थाङदेन (पूर्वएआईजी)
  17. हर्कराज पन्त (सशस्त्रका पूर्वडीएसपी)
  18. दीपककुमार श्रेष्ठ (पूर्वडीआईजी)
  19. बालकृष्ण ढुंगेल (पूर्वसांसद)
  20. जयप्रकाशप्रसाद गुप्ता (पूर्वमन्त्री)
  21. राजीव गुरुङ (गण्डकी प्रदेश सांसद)
  22. सियाराम कुशवाहा (गाउँपालिका अध्यक्ष)

अन्य कारागारको तुलनामा चाप कम तथा पायक पर्ने लोकेसनका कारण कैदीबन्दीले डिल्लीबजार रोज्ने गरेको कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले बताए । ‘

कैदीको चाप कम छ, लोकेसन पनि उपयुक्त ठाउँमा छ । भेटघाट सुविधा सहज छ,’ उनले भने, ‘केन्द्रीय कारागार, नख्खु वा कैदीबन्दीको चाप कम भएका अन्य कारागारमा यस्तो सहज अवस्था छैन । त्यसैले कैदीबन्दीको रोजाइ डिल्लीबजार भएको हो ।’
यद्यपि कैदीबन्दीलाई कुन कारागार पठाउने भन्ने अन्तिम निर्णय अदालतबाटै हुने उनले बताए । विभागका अनुसार केन्द्रीय कारागारमा प्रतिदिन कैदीबन्दीलाई भेट्न आउनेको संख्या पाँच सयभन्दा बढी छ ।

त्यति नै संख्यामा आफन्तसँग टेलिफोन गर्न लाइन हुन्छ । डिल्लीबजार कारागारमा यस्तो झन्झट कम भएको घिमिरेको भनाइ छ ।

२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०८:१४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...