भोलि सार्वजनिक विदा (सूचना सहित)

काठमाडौं । भोलि कात्तिक २६ गते मंगलवार सार्वजनिक विदा दिइएको छ । एक सूचना जारी गर्दै बागलुङको ताराखोला गाँउपालिकाले कात्तिक २६ गते सार्वजनिक विदा दिएको जानकारी गराएको हो।

गाँउपालिकाको वडा नम्बर २ अर्गलमा प्रचलित भुष पोल्ने पर्वको अवसरमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

गाँउपालिका मातहतका सबै संघ सस्था, शिक्षण सस्थामा बिदा दिइएको शर्माले दिनुभयो । १५ औं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएका आर्गली मगर समुदाएले प्रत्येक वर्ष कात्तिक २४ गते देखि २६ गते सम्म भुष पोल्ने पर्व मनाउछन ।

अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा भुस पोल्ने पर्व मनाउदै आएका छन ।

यो पर्व गाँउपालिका भित्रको ऐतिहाँसिक पर्व भएकोले सार्वजनिक विदा दिएको गाँउपालिका कार्यालयले जनाएको छ ।
प्रत्येक पर्व कात्तिक २४ गते देखि २६ गते सम्म उनिहरुले यो पर्व मनाउने गर्दछन ।

२०७६ कात्तिक २५ गते प्रकाशित

२०७६ कार्तिक २५ गते ०९:०५ मा प्रकाशित

You can share this post!

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउँछ : मुख्यमन्त्री पौडेल

सरकारले युवा कृषि उद्यमीलाई २० लाख रुपैयाँ अनुदान दिने, यस्तो छ प्रक्रिया

Related posts