back
NMB ad

करको दर परिमार्जन, कुन-कुनमा बढ्यो ? के-केमा छुट ?

Kumari bank ad

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐन संशोधन गर्दै केही वस्तुमा लगाइएको करको दर परिमार्जन गरेको छ । आर्थिक वर्षको पहिलो ४ महिना सकिनै लाग्दा आर्थिक ऐन संशोधन गरेर कर छुट दिइएको हो ।

अर्थ मन्त्रालयका अनुसार कुखुरापालन व्यवसायका लागि आवश्यक पर्ने फुलको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइएको छ ।

यसैगरी तयारी रङ उत्पादन गर्ने उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था रहेकोमा यी वस्तु उद्योगकै नाममा आयात भएको पाइएपछि २० प्रतिशत मात्रै भन्सार लगाउने निर्णय भएको छ ।

व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुनमा प्रति १० ग्राम १५ सय रुपैयाँ भन्सार बढाइएको छ । यसअघि यस्तो सुनमा ५ हजार रुपैयाँ भन्सार लाग्दै आएकोमा अब ६५ सय बनाइएको छ ।

यस्तै यही परिमाणको चाँदीमा ५६ रुपैयाँ भन्सार लाग्दै आएकोमा अब ७५ बनाइएको छ। यसैगरी सुनका गहनामा लाग्ने भन्सारमा पनि परिमार्जन गरिएको छ ।

यस्तै यसैगरी ५० ग्राम काँचो सुन ल्याउँदा लाग्ने भन्सार दरमा पनि परिमार्जन गरिएको छ । ५० ग्रामसम्म यस्तो सुन ल्याउँदा प्रति १० ग्राम ६ हजार २ सय भन्सार लाग्ने व्यवस्था रहेकोमा अब ७ हजार ५ सय रुपैयाँ लाग्नेछ ।

यस्तै ५० ग्रामभन्दा बढी थप ५० ग्राम सुन ल्याउँदा प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने व्यवस्था पनि संशोधनमार्फत गरिएको छ ।

यसैगरी ५० ग्राम सुन ल्याउँदा भन्सार नलाग्ने व्यवस्था यथावत छ । त्यसपछिको ५० ग्राम आयात गर्दा यसअघि प्रति १० ग्राम ७ हजार २ सय लाग्ने व्यवस्था रहेकोमा अब ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ। योभन्दा पनि धेरै परिमाणमा सुन ल्याएमा प्रति १० ग्राम ९ हजार भन्सार लाग्नेमा अब १० हजार रुपैयाँ लाग्नेछ ।

सरकारले केही वाइनमा पनि अन्तस्शुल्क छुट दिए छ । स्वदेशमा उत्पादिन फलफूल र तिनका सारबाट बनेको १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको स्वदेशी वाइनबाहेकका अन्य वाइनमा अन्तस्शुल्क ३० प्रतिशत छुट दिने निर्णय पनि भएको छ ।

सरकारले अन्तस्शुल्क शीषक नम्बर २२०४ मा १७ प्रतिशतभन्दा धेरै अल्कोहल भएका वाइन पर्दछन । उनीहरुको प्रतिलिटर ३२५ रुपैयाँ अन्तस्शुल्क लाग्ने व्यवस्था थियो ।

सरकराले कपालमा प्रयोग हुने कस्मेटिकजन्य मालवस्तुमा ५ प्रतिशतको सट्टा १० प्रतिशतका दरले अन्तस्शुल्क लगाउने निर्णय पनि गरेको छ ।

यसैगरी फलाम वा इस्पातको सरसफाईसम्बन्धी सामान र तिनका पाटपुर्जामा ५ प्रतिशत अन्तस्शुल्क लगाउने पनि निर्णयमा उल्लेख छ । कफीजन्य मालवस्तुमा पनि १० प्रतिशत अन्तस्शुल्क लगाउने निर्णय भएको छ।

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १२:५९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...