गोली हानेर बैंक कर्मचारीबाट ६ लाख लुटियो

वीरगन्ज । बारामा मङगलबार बिहान बैंकका एक कर्मचारी लुटिएका छन् । बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका जीवन खड्का, फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका उनी लुटिएका हुन ।

भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड फायरिङ गरेर खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

लुटेराले गोली चलाए पनि मानवीय क्षति भने भएको छैन ।लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

२०७६ कात्तिक २६ गते प्रकाशित

२०७६ कार्तिक २६ गते १५:२८ मा प्रकाशित

You can share this post!

घर बनाउँदै हुनुहुन्छ ? नेपाल बैंकले दिदैँ छ सस्तो ब्याजदरमा ऋण, यस्ता छन सुविधा

अधिकृतको लिखित नजिता सार्वजनिक (जिल्ला र नामसहित)

Related posts