back
NMB ad

बैंकका जागिरे मालामाल : सिइओको तलबभत्ता दैनिक ७५ हजार, अन्य तहका कर्मचारीको कति ?

Kumari bank ad

काठमाडौं । नेपालमै जागिर गर्नेले दैनिक रु ५७ हजार तलबभत्ता पाउने गरेको तथ्य सार्वजनिक भएको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले तलबभत्ता बापत दैनिक रु ५७ हजार ९३ तलब भत्ता पाउने गरेको सार्वजनिक भएको हो ।

दाहालले गत आर्थिक वर्षमा तलबभत्ता र सेवा सुविधा गरी बैंकबाट २ करोड ८ लाख ३९ हजार रुपैयाँ लिएका थिए । उक्त रकमलाई मासिक रुपमा हिसाव गर्दा १७ लाख ३६ हजार ५ सय ८३ र दैनिक रुपमा हेर्दा ५७ हजार ९३ रुपैयाँ हुन्छ ।

आयबापत गत वर्ष राज्यलाई ३६ प्रतिशत कर तिरेका सीइओ दाहालले सरकारलाई गतवर्ष ७० लाख रुपैयाँ कर तिरेका छन ।
बैंकका अन्य कर्मचारीले पनि राम्रो तलबभत्ता पाउँछन ।

माथिल्लो तहका कर्मचारीले ४/५ लाखसम्म र तल्लो तहका कर्मचारीले ३५/४० हजार रुपैयाँ पाउने बैंकले जनाएको छ ।बैंकले सार्वजनिक गरेको विवरण अनुसार गतवर्ष कर्मचारीहरुका लागि तलबभत्ता, बोनस र अन्य सुविधा गरी गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ९७ लाख ६७ हजार ७ सय ३५ रुपैयाँ खर्च गरेको छ ।

बैंकमा गत असार मसान्तसम्ममा ९ सय ६२ जना कर्मचारी थिए । गत आर्थिक वर्षमा २ अर्ब २६ करोड खुद नाफा कमाएको सानिमाले सेयरधनीहरुलाई १० प्रतिशत वोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

२०७६ कात्तिक २७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०९:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...