back
NMB ad

आठ अर्बको शेयर बेच्ने तयारीमा रहेको नेपाल इन्फास्ट्रक्चरको नाफा १८ करोड

Kumari bank ad

काठमाडौं । कूल आठ अर्ब बराबरको साधारण शेयर विक्री गर्ने तयारी गरेको नेपाल इन्फास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रु १८ करोड ५८ लाख नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म रु ६६ करोड ९२ लाख नाफा गरेको बैंकले चालु आवको असोज मसान्तसम्ममा २७ दशमलव ७७ प्रतिशत नाफामा वृद्धि गरेको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधिमा रु २५ करोड निक्षेप संकलन गरि रु ८ करोड ४४ लाख कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले रु ३१ करोड ७९ लाख ५५ हजार व्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पुँजी रु १२ अर्ब रहेको छ भने रु ९७ करोड ४८ लाख रिर्जभमा छ । गत असोज मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ९ दशमलव ४० प्रतिशत र प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ ।बैंकले रु ८ अर्ब बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ ।

२०७६ कात्तिक २७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २७ बुधवार १२:५९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...