आइतवार सार्वजनिक विदा

काठमाडौं । आउदो आइतवार अर्थात मंसिर १ गते सार्वजनिक विदा दिइएको छ । एक विज्ञप्ती जारी गर्दै गुठी पञ्चमीका लागि गोरखाको शहीदलखन गाउँपालिकाले बिदा दिएको छ ।

मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो।

‘मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७६ कात्तिक २७ गते प्रकाशित

२०७६ कार्तिक २७ गते १३:३४ मा प्रकाशित

You can share this post!

आठ अर्बको शेयर बेच्ने तयारीमा रहेको नेपाल इन्फास्ट्रक्चरको नाफा १८ करोड

भाइरल कमला घिमिरेको पहिलो गीत 'चिया छानेको' बजारमा (भिडियो सहित)

Related posts