एनएमबी बैंकले ल्यायो ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ सुविधा, के–के छन विशेषता ?

काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ सुविधा सुरु गरेको छ ।

अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नो ऋणको सीमा स्वीकृति प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भूक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरि कायम गरिनेछ ।

‘यो कर्जा सुविधाले ग्राहकहरुको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्यौंल मेटाउने छ ।

उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ।,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७६ कात्तिक २८ गते प्रकाशित

२०७६ कार्तिक २८ गते ०८:१५ मा प्रकाशित

You can share this post!

टुंगियो युवा संघको जिल्ला एकीकरण, कुन जिल्ला कसको भागमा ? (नामावली सहित)

प्रदेश ३ सरकारले आफ्नो क्षेत्र भित्र कम्तीमा १३ वटा शान्ति पार्क बनाउने

Related posts