back
NMB ad

एभरेष्ट बैंकले कमायो तीन महिनामै ६९ करोड ८ लाख

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले तीन महिनामै ६९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा यस वर्ष ९.०८ प्रतिशतले नाफा बढाएको हो ।

बैंकको व्याज आम्दानीभन्दा ब्याज खर्च धेरै हुँदा खुद व्याज आम्दानीमा असर पारेको छ । व्याज आम्दानी १६ प्रतिशतले बढ्दा व्याज खर्च भने २२ प्रतिशतले बढेको छ । खुद व्याज आम्दानी ९ प्रतिशतले बढेर एक अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ ।

निक्षेप संकलन र कर्जा लगानीलाई सन्तुलन कायम गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा १२.४१ प्रतिशतले निक्षेप सुधार हुँदा कर्जा लगानी १२.८१ प्रतिशतले बढाएको हो ।

तीन महिनाको अवधिमा एक खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । पूँजीकोष अनुपात १३.२८ प्रतिशतबाट बढेर १३.७९ प्रतिशत पुगेको छ ।

खराब कर्जा थप सुधार गर्दै ०.२१ प्रतिशतबाट झारेर ०.१७ प्रतिशत कायम गरेको हो । आधार व्याजदर थोरैले घटाएर ८.५२ प्रतिशत कायम गरेको छ ।

बैंकको स्प्रेडदर भने अस्वभाविक रुपमा बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो निर्दे्शिका अनुसार गणना गर्दा बढेको वित्तीय विवरणमा उल्लेख छ ।

गत वर्ष ४.२३ प्रतिशत रहेको स्प्रेडदर एक प्रतिशतभन्दा माथिको विन्दुले बढेर ५.२५ प्रतिशत छ । प्रतिशेयर आम्दानी तीन रुपैयाँले बढेर ३४ रुपैयाँ पुगेको छ ।

२०७६ कात्तिक २८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २८ बिहीवार १४:०३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...