back
NMB ad

मेगा बैंकको डेपुटी सिइओमा रविना श्रेष्ठ नियुक्त, यस्तो छ श्रेष्ठको बैंकिङ यात्रा

Kumari bank ad

काठमाडौं । मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त (बढुवा) भएकी छिन । रविना मेगा बैंकमा नायव महाप्रबन्धक थिइन ।

मेगा बैंक स्थापनादेखि उनी त्यहाँ छिन । नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन । ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन ।

रविनाको अध्ययन पनि कलकत्तामै भएको हो। श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आइन । त्यहाँ उनले १३ बर्ष काम गरेकी थिइन्। त्यहाँ उनले ’इन्ट्री लेभल’ बाट करियर सुरु गरेकी थिइन ।

चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन । नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह (नबिल बैंकका सिइओ), अनुपमा खुँञ्जेली (मेगा बैंककी सिइओ) सँगै गएकी थिइन ।

बैंकिङ क्षेत्रमा रविनाले २९ बर्ष बिताइसकेकी छिन । उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन । उनले अन्तराष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छिन ।

२०७६ कात्तिक २८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २८ बिहीवार १४:१५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...