प्रदेश ३ को लोकसेवा आयोग अध्यक्षमा पूर्वसचिव सुरेशमान श्रेष्ठ सिफारिस

काठमाडौं । प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको हो ।

अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समिति गठन गरिएको थियो ।

सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरे पनि महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने गरेको छैन ।
श्रेष्ठसहित अन्य दुई सदस्यको नियुक्ति कहिले हुन्छ भन्ने पनि टुंगो लागिसकेको छैन । आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति प्रदेश प्रमुखले गर्ने व्यवस्था छ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

२०७६ कार्तिक २९ गते ०९:४४ मा प्रकाशित

You can share this post!

यसकारण ज्योतिको फाइल प्रहरीलाई नै फिर्ता

कुमारी बैंकको १४ प्रतिशत नाफा बढ्यो

Related posts