back
NMB ad

सेकेन्ड ह्याण्ड गाडी खरिद गर्दै हुनुहुन्छ ? यी ६ कुरामा ध्यान दिनुहोस्

Kumari bank ad

काठमाडौं । भनिन्छ घर पछिको सबैभन्दा अर्को ठूलो लगानी गाडी हो । सामान्य आम्दानी भएका मानिसहरुले गाडी खरिद गर्न सक्दैनन।

धेरै मानिसहरुले गाडी चढ्ने सपना बुन्छन् कतिपयको उक्त सपना सेकेन्ड ह्याण्ड गाडीले पुरा गरिदिन्छ । नयाँ गाडी खरिद गर्दा जति सोचिन्छ त्यो भन्दा बढी सेकन्ड ह्याण्ड गाडी किन्दा सोच्नु आवश्यक छ । किनकी हरेक उत्पादनको आयु हुन्छ ।

सेकेन्ड ह्याण्ड गाडीमा खराबी छ कि छैन, त्यसले बाँकी कतिसमयसम्म काम गर्छ त्यसको बारेमा बुझ्न तथा जाँच गर्नु आवश्यक हुन्छ ।

१. टेस्ट ड्राइभ

सेकेन्ड ह्याण्ड गाडी खरिद गर्नु भन्दा अगाडी गाडीको कन्डिसन कस्तो छ भनेर टेस्ट ड्राईभ गर्नु आवश्यक छ । टेष्ट ड्राइभले गाडीको बारेमा धेरै कुरा जान्न सकिन्छ । तर ड्राइभ गर्ने चालक कुशल हुनुपर्छ साथै इन्जिन तथा गाडीको भित्री तथा बाहिरी बनावटको बारेमा जानकार हुनु आवश्यक छ । टेष्ट ड्राइभिङको बेलामा गाडीमा के–कस्तो समस्याहरु छन् या छैनन् थाहा हुन्छ ।

टेष्ट ड्राइभ छोटो दुरिमा गरेर गाडीमा समस्या छ या छैन थाहा हुदैन यसको लागि यति नै दुरि गुडाउनु आवश्यक छ भन्ने होइन तर सम्भव छ भने ३० किमी बराबरको यात्रा गर्नु आवश्यक छ ।

टेष्ट ड्राइभ सबैखाले बाटोहरु, उकालो, ओरालो, खाल्डाखुल्डी, पिच रोड तथा ग्राभेल बाटोमा गर्नुपर्छ । किनकी नेपालको सडकहरु यस्तै छन् ।टेष्ट ड्राइभ आफुले मात्रै गर्नुभन्दापनि सम्भव छ भने आफ्नो साथिभाईहरुलाई पनि गर्न लगाउँदा राम्रो हुन्छ ।

२.गाडीको इन्टेरिअर र एक्सटेरिअर

गाडि लक्गरीको लागि पनि प्रयोग गरिने हुँदा आकर्षक देखिनुपर्छ । गाडीको मूल्य जतिसुकै महंगो भएतापनि बनावट ९भित्री तथा बाहिरी० राम्रो छैन भने उक्त मूल्यको अर्थ हुदैन ।

साथै गाडीको भित्री भागमा कुनै समस्या छ या छैन भनेर सबै पार्टहरुको जाँच गर्नु आवश्यक छ । इन्टेरिअरमा प्रयोग गरिएका सामानहरुको कस्तो प्रकारका छन् त्यो कुराहरुमा ख्याल पुर्याउनुपर्छ । साथै कोरिएको, कुच्चिएको छ छैन त्यो कुरामा ख्याल गर्नु आवश्यक छ ।

३. चुहावट परिक्षण

गाडी छनोट गर्दा गाडीबाट कुनै चुहावट हुन्छ या हुदैन त्यसको निरिक्षण गर्नुपर्छ । जस्तो तेल तथा मोबिल । चुहावट भएको गाडी केही सस्तो मूल्यमा पाइयो भन्दैमा किनिहाल्ने निर्णय गर्नु पनि राम्रो होइन । सस्तो मूल्य भन्दा उक्त चुहावट नियन्त्रण गर्न लाग्ने लगानी महंगो सावित हुनसक्छ ।

चुहावटको परिक्षणको लागि टेष्ट ड्राइभको बेला सुख्खा बाटोमा गाडी चलाएपछि आफुले गाडी चलाएको बाटोको अवलोकन गर्दा चुहावट भएको छ या छैन थाहा पाउन सकिन्छ । यदि गाडीबाट कालो रंगको तरल पदार्थ चुहावट भएको छ भने गाडीको पाइपबाट चुहावट भएको हो । यदि हरियो र निलो रंगको तरल पदार्थ देखियो भने फ्यूल ट्यांकीमा समस्या छ । यस्तो गाडी सकेसम्म खरिद नगरेको राम्रो ।

४. मेकानिक्सबाट निरिक्षण र मूल्य सल्लाह

आफूले मात्रै गाडी टेष्ट गरेर खरिद गर्ने निर्णय गर्नु हुदैन । त्यसको लागि गाडी बनाउने मेकानिक्ससँग सल्लाह लिनुपर्छ । साधरण चालकले नदेखेको तथा नभेटेको समस्या मेकानिक्सले पत्ता लगाउने गर्छ । मूल्यको सवालमापनि मेकानिक्ससँग सल्लाह माग्नुपर्छ । साथै बजार मूल्यको अध्यायन गर्नुपनि आवश्यक छ ।

५.गाडीको रिभ्यु हेर्ने

नेपाली बजारमा बाहिरी देशमा प्रयोगमा आइसकेका गाडीहरु केही समयपछि गुड्ने हुनाले विदेशी गाडीका प्रयोगकर्ताले इन्टरनेटमा गाडीको सकारात्मक तथा नकारात्मक पक्षको बारेमा रिभ्यु लेख्ने गरेको पाइन्छ । साथै गाडीको बारेमा रिभ्यु लेख्ने साइटहरुपनि गुण तथा दोषको बारेमा लेख्ने हुनाले त्यसको अध्यायन पनि गर्नुपर्छ ।

६.गाडीको रेकर्ड हेर्ने

गाडी कहि कतै दुर्घटना परेको छ या छैन, गाडी कुनै कानुन बिपरितको काममा प्रयोग भएको छ या छैन त्यसबारेमा जान्नु आवश्यक छ । यदि त्यस्तो गाडी खरिद गरियो भने अनावश्यक झञ्झट भोग्नुपर्छ । यसबाट बच्न प्रहरी, तथा यातायाको रेकर्ड हेर्नुपर्छ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १०:३० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...