back
NMB ad

नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो ८४ करोड ४४ लाख

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १९.९३ प्रतिशतले खुम्चिएको छ । बैंकले तीन महिनाको अवधिमा ८४ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

गत वर्ष पहिलो त्रैमासमै एक अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो । व्याज आम्दानीको तुलनामा व्याज खर्चको बृद्धिदर कम हुँदा खुद व्याज आम्दानी चार प्रतिशतले घटेको छ ।

तीन महिनामा बैंकले एक अर्ब ५२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

तीन महिनाको अवधिमा निक्षेप संकलन १.२९ प्रतिशतले बढ्दा कर्जा लगानी भने ५.८३ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा एक खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

पूँजीकोष अनुपात केही बढेर १३.१७ प्रतिशत छ भने खराब कर्जा बढेर १.२१ प्रतिशतबाट २.८४ प्रतिशत पुगेको छ । खराव कर्जा बढ्दा बैंकको नाफामा प्रभाव पारेको हो ।

बैंकले पुरानै विधिबाट स्प्रेडदर गणना गरेको छ । सोहि अनुसार स्प्रेडदर घटेर ४.३६ प्रतिशत छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँले घटेर २६ रुपैयाँ कायम भएको छ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार ११:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...