back
NMB ad

हिमालयनको निक्षेप संकलन एक खर्बमाथि, तीन महिनामा कमायो साढे ६९ करोड

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले गत वर्षको भन्दा ६.८६ प्रतिशतले नाफा सुधार गरेको छ । बैंकले तीन महिनाको अवधिमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६४ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो ।

खुद व्याज आम्दानीमा भने खासै सुधार हुन सकेन । यस्तो आम्दानी एक अर्ब ३१ करोड रुपैयाँ छ। व्याज खर्चको तुलनामा व्याज आम्दानी बढ्न नसक्दा बैंकको खुद व्याज आम्दानी सुधार हुन नसकेको हो ।

तीन महिनाको अवधिमा निक्षेप संकलन र कर्जा विस्तारमा सन्तुलन कायम गरेको छ । असार यता एक खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७० करोड रुपैया ऋण लगानी गरेको छ ।

गत वर्ष एक खर्ब ९ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड रुपैयाँ कर्जा विस्तार गरेको हो । चुक्ता पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड रुपैयाँ छ ।

पुँजीकोष अनुपात थप बढेर १४.०८ प्रतिशत पुगेको छ । खराव कर्जामा सुधार गर्दै १.१६ प्रतिशतमा झारेको छ । प्रतिशेयर आम्दानी ३२ रुपैयाँ छ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...