back
NMB ad

आलमको बहस सकियो, रौतहटको सुरक्षा व्यवस्था कडा, के होला फैसला ?

Kumari bank ad

रौतहट । रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमको मुद्दामा आज फैसला हुने सम्भावना बढेपछि सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताहरुले शुक्रवार बहस गरिसकेका छन।

बहसपछि आलमलाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पछका लागि थुनामा पठाउने भन्ने फैसला आउने छ ।न्यायाधीश ढकालले बिहीवारको बहसपछि आज बिहान १० बजे देखि १ बजेसम्मको समय निर्धारण गरेका थिए ।

सोही अनुरुप वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, बिनोद पटेलले बहस गरिसकेका छन।

प्रतिवादी आलमपक्षका वकिलको बहसपछि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले आरोपी आलमसँग घटनासम्बन्धि केही प्रश्न गरिरहेका छन।

कटुवालसँग सवाल जवाफ सकेर न्यायाधीश ढकालले आजै यस मुद्दामा फैसला गर्ने सम्भावना रहेको छ । मुद्दाको जटिलतालाई ध्यानमा राखेर न्यायाधीश ढकालले सरकारी वकिल तथा अन्य न्यायाधीशसँग पनि छलफल गर्ने बताइएको छ ।

न्यायाधीश ढकालले अन्य न्यायाधीशसँग सलाह सुझाव लिने भएमा फैसला आज नआएर आउने आइतवार मात्र फैसला हुने अदालत स्रोतले जनाएको छ ।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उधोग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ रौतहट क्षेत्र–२ का नेपाली काँग्रेसका निलम्बित सांसद महमद आफताब आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए ।

आज फैसला आउने आशमा आलमपक्षका सैयौंमानिस गौरमा जम्मा भएका छन । फैसलापछि कुनै अप्रिय घटना हुन नदिन प्रहरीले पनि विशेष सजगता अपनाएको छ ।

आज बिहानैदेखि गौर प्रवेश गर्ने सबै सवारीसाधन कडाइका साथ खानतलासी गरिरएको छ भने सदरमुकाम र अदालत परिसरमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । रातो पाटीले खबर छापेको छ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार १४:४४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...