काठमाडौंको बानेश्वरमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं  महानगरपालिका ३१ नयाँ बानेश्वरस्थित सडकमा बा ९१ प १७६६ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७६ कात्तिक ३० गते प्रकाशित

२०७६ कार्तिक ३० गते १७:४४ मा प्रकाशित

You can share this post!

आइतबारबाट कर सप्ताह सुरु, यसरी मनाइँदै छ

सबैभन्दा धेरै कमाउने बैक बन्यो राष्ट्रिय वाणिज्य बैक, कति गर्यो नाफा ? यस्तो छ प्रगति

Related posts