निजामती कर्मचारीले दोहोरो सुविधा लिन नपाउने ! यस्तो छ कानुनी व्यवस्था

काठमाडौं । सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानुनी व्यवस्था गरिने भएको छ।

सरकारी कोषबाट तलब पाउने गरी पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती कर्मचारी सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाइने प्रावधानमा सहमति गरेको छ।

मन्त्रिपरिषदले पनि सेवा निवृत्त कर्मचारीलार्य दोहोरो सुविधा नदिने निर्णय गरेको छ। तर, यो निर्णय पूर्णरुपमा पालना भएको छैन। यो समाचार कान्तिपुर दैनिकमा छ ।

२०७६ मंसिर ०१ गते प्रकाशित

२०७६ मंशिर १ गते ०७:१५ मा प्रकाशित

You can share this post!

२२ वाणिज्य बैंकको लाभांश प्रस्ताव सार्वजनिक, कस्को कति ? (सूचि सहित)

करारमा शिक्षक नियुक्ति नगर्न आयो यस्तो निर्देशन (सूचना सहित)

Related posts