back
NMB ad

पोलिटव्यूरो गठन गर्दै नेकपा, १४७ सदस्यीय पोलिटव्यूरोमा को–को ?

Kumari bank ad

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको १८ महिनापछि पोलिटब्यूरो गठन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे डाकिएको सचिवालय बैठकले पोलिटब्युरो गठन गर्न लागेको स्रोतले जानकारी दिएको छ । पार्टी एकता भएको १८ महिना पूरा भइसक्दा पनि नेकपाका सबै कमिटीहरु पूर्ण बन्न सकिरहेका छैनन् ।

नेकपाको पार्टी विधानमा नै कुल केन्द्रीय सदस्य संख्याको एक तिहाइ सदस्य रहने गरी पोलिटब्यूरो सदस्य हुने व्यवस्था छ । तर अहिलेसम्म नेकपाले पोलिटब्यूरो गठन गर्न सकेको छैन । आजको बैठकमा पोलिटब्यूरो गठन हुने सचिवालय सदस्य माधवकुमार नेपालले जानकारी दिएका छन् ।

नेता नेपालले भने ‘आज बस्ने सचिवालय बैठकमा पोलिटब्यूरो बनाउने, सबै निकायहरूलाई पूर्णता दिने, प्रवासमा भएका र विदेशमा भएका संगठनको एकताको काम पूरा गर्नेगरी छलफल हुनेछ ।’

विधान अनुसार नेकपाको पोलिटब्यूरो कुल केन्द्रीय सदस्यको एकतिहाई १४७ जना पोलिटब्यूरो सदस्य हुने छन् ।वरिष्ठ नेताहरूमध्येबाट पोलिटब्यूरो बनाउने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन।

पछिल्लो समयमा नेतृत्वहरू एकल र सामुहिक रूपमा पार्टी र सरकार संचालनको विषयमा छलफल गर्दै आएका छन् ।

२०७६ मंसिर ०१ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १ आइतवार १३:४४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...