भिसा स्टिकरको आम्दानी बेहिसाब, लेखा समितिले थाल्यो छानबिन

काठमाडौं । विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासले नेपाल आउने विदेशीलाई तीन किसिमका भिसा स्टिकर वितरण गर्छन । त्यसबापत विदेशी मुद्रा आर्जन हुन्छ ।

तर, कति आम्दानी र खर्च हुन्छ भन्ने यकिन विवरण सरकारसँग छैन । यसबारे संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ ।

महालेखा परीक्षकको ५५ औं प्रतिवेदनले भिसा स्टिकरको आम्दानी र खर्चको यथार्थ विवरणमा प्रश्न उठाएपछि संसदीय समिति अगाडि बढेको हा ।

नेकपा सांसद विरोध खतिवडा संयोजकत्वको बेरुजु फछ्र्योट उपसमितिमा भिसा स्टिकरबारे गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले स्पष्ट जवाफ दिएनन ।

परराष्ट्र मन्त्रालयसँग त्यसको विवरण हुन सक्ने भन्दै उनीहरू पन्छिन खोजेको उपसमिति सदस्य बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

२०७६ मंसिर ०२ गते प्रकाशित

२०७६ मंशिर २ गते ०९:४१ मा प्रकाशित

You can share this post!

तत्काल लागू नहुने भयो रेडक्रसले बढाएको रगतको मूल्य

वडाध्यक्षले राजीनामा दिएर प्राथमिक तहको शिक्षकको जागिर सुरु

Related posts