back
NMB ad

आजै होला त मन्त्रिपरिषद् पुनर्गठन ? को-को हुन हटाइने र नयाँ आउने मन्त्री ? यस्तो छ तयारी

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छिट्टै मन्त्रिमण्डल पुनर्गठन गराउन लाग्नु भएको छ । उहाँले मन्त्रिपरिषद् पुनर्गठनको तयारीसम्बन्धमा पार्टीमा जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेको र छिट्टै पुनर्गठन गर्ने बताउनुभएको हो ।

‘प्रधानमन्त्रीले आफ्नो योजनाका रुपमा मन्त्रिपरिषद् पुनर्गठनको विषय पार्टी बैठकमा जानकारी गराउनुभएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘सोमबार/मंगलबार भित्रमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’ समसामयिक विषयमा छलफल भन्दै आइतबार नेकपा सचिवालय बैठक बोलाइएको थियो ।

बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका दुई अध्यक्षबीच कार्य्विभाजन लगायत विषयमा छलफल हुनसक्ने अनुमान लगाउँदै नेताहरू बैठकमा पुगेका थिए । प्रधानमन्त्री ओलीले सरकारको प्रभावकारिता बढाउन आफूले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको भन्दै बैठकमा विषय प्रवेश गराएको ती नेताले बताए ।

‘प्रधानमन्त्रीले छिट्टै आफू मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिपरेको बैठकमा जानकारी गराउनुभयो। हटाइने मन्त्री र नयाँ आउने मन्त्रीको नामबारे केही बताउनु भएन, नाममा छलफल भएन पनि,’ सचिवालयका ती सदस्यले भने ।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा लामो समयदेखि चलेकाले गर्ने भए ढिलो नगरी गर्न पनि नेताले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको अधिकार भएको भन्दै सचिवालय बैठकले प्रधानमन्त्रीलाई पुनर्गठनको सैद्धान्तिक सहमति दिएको अर्का एक सचिवालय सदस्यले बताए ।

‘अब प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार पाउनुभएको छ,’ ती सचिवालय सदस्यले भने, ‘सोमबार प्रधानमन्त्रीले यस विषयमा अन्तिम गृहकार्य गर्नुहुनेछ, अर्का अध्यक्षसँग पनि परामर्श गर्नुहुनेछ ।

आवश्यक परे अन्य नेतासँग पनि छलफल गर्न सक्नुहुनेछ, अनि पुनर्गठन हुन्छ ।’ उनले सम्भव भए सोमबार र सम्भव नभए मंगलबारसम्म मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताए ।

पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीले यसअघि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगायत नेतासँग छलफल गरेका थिए । सचिवालय बैठकअघि आइतबार पनि दुई अध्यक्षले बालुवाटारमै छलफल गरेका थिए।

पुनर्गठन गर्दा प्रधानमन्त्रीले कम्तीमा ८ जनासम्म हटाएर नयाँ मन्त्री नियुक्तिको तयारी गरेको स्रोतले बताएको छ । नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, वसन्त नेम्वाङलगायत नेता चर्चामा छन । तर नामका विषयमा अन्तिम निर्णय प्रधानमन्त्रीले लिइनसकेको बालुवाटार स्रोतले बतायो । अन्नपूर्ण पोष्टबाट

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १२:०८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...