back
NMB ad

मुआब्जा माग गर्दै आरुघाट बन्द, गोरखा र धादिङका बजारको जनजीवन प्रभावित

Kumari bank ad

काठमाडौं । बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट बजार क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै स्थानीय वासिन्दाले गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।

आयोजनाकै डुवान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा वितरण भइसक्दा पनि गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरे बजारको मुआब्जा नतोकिएको भन्दै स्थानीयले आइतबार ती सबै बजार बन्द गराएका छन् ।

बन्दका कारण गोरखा र धादिङको आरुघाट, आर्खेत र खहरे बजारको जनजीवन प्रभावित भएको छ । बजारका पसल, कार्यालय, शिक्षण संस्था र यातायात ठप्प छ ।

बुढीगण्डकी सरोकार समिति आरुघाट विशालनगरका अध्यक्ष दिनेश ढकालले तत्काल मुआब्जा निर्धारणको दबाब दिन बन्द आयोजना गरिएको बताए ।

कि हामीलाई मुआब्जा चाहियो, होइन भने हर्जनासहित जग्गा फुकुवा गर्नुर्पयो’ उनले भने ‘५ वर्षसम्म हाम्रो जग्गा रोक्का राखेको हर्जना चाहिन्छ ।’

बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविक २७ गाविसका जग्गाको मुआब्जा वितरण भए पनि बजार क्षेत्र आरुघाट, आर्खेत र धादिङको खहरे बजारको मुआब्जा तोकिएको छैन । गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीहरुले स्थानीयले धेरै माग गरेकाले तोक्न नसकेको तर्क गर्दै आइरहेका छन् ।

सरोकार समितिले आइतबार आफ्नो आन्दोलनको विषयमा राजनीतिक दलका नेता र जनप्रतिनिधिसँग छलफल गर्दैछ । ‘आज नेता र जनप्रतिनिधिसँग छलफल गरेपछि हाम्रो आन्दोलन तय हुन्छ’ उनले भने ।

जग्गा रोक्का भएको ५ वर्ष भइसक्दा पनि मुआब्जा नदिएको भन्दै आरुघाटबासी आन्दोलनमा उत्रिएका हुन् ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १३:३२ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...