मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी !

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको तयारीले तीव्र रुपमा चलिरहेको छ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले आइतबार नै मन्त्रिपरिषद् पुनर्गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको थियो ।

स्वीकृति पश्चात प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र बनाएका हुन ।

दुवै अध्यक्षले आकांक्षी नेताहरुसँगको भेटवार्तालाई तीव्र बनाएका हुन । ओलीले सोमबार बिहान मात्रै सिंहदरबारमा आफ्नो टिमका केही मन्त्री र सल्लाहकारसँग छलफल गर्नुभएको थियो ।

सोमबार बेलुका ५ बजेका लागि दुई अध्यक्षबीच भेटवार्ता तय भएको स्रोतले बताइएको छ । सो भेटवार्तालाई मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीको रुपमा हेरिएको छ । भेटवार्ताले हट्ने र नयाँ आउने मन्त्रीहरुको नाम टुंगो लगाउने सम्भावना छ ।

२०७६ मंसिर ०२ गते प्रकाशित

२०७६ मंशिर २ गते १४:१४ मा प्रकाशित

You can share this post!

६६ करोडको आइपीओ ल्याउने तयारीमा रहेको ज्योति लाइफले उठायो २६ करोड बढि बीमा शुल्क

यस्तो छ सेयर बजारको ताजा स्थिति

Related posts