back
NMB ad

प्याजको भाउ तेब्बर बढ्यो ! कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा प्याजको मूल्य उर्लिएको छ । केहि दिन यता प्याजको मुल्य अत्यधिक वृद्धि भएको छ। डडेल्धुरा सदरमुकाममा प्याज अहिले प्रतिकिलो २०० रुपैयाँमा बिक्री हुँदैछ। त्यो पनि सबै ठाउँमा पाउन छोडेको स्थानीय बताउँछन्।

प्याजको मुल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको अमरगढी ५ का तरकारी व्यवसायी वीर शाहुले बताए। धेरैले प्याज नै किन्न छोडेको व्यापारीले बताए ।

प्याजसँगै अन्य तरकारीको भाउ पनि निकै महंगिएको शाहु बताउँछन्। भारतबाट आयात हुने प्याज नआउनु र स्थानीय उत्पादन घटेर गएका कारण प्याजको मुल्य आकाशिएको तरकारी व्यवसायीले जनाए ।

केही दिन अगाडिसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको प्याज एक्कासी २०० रुपैयाँमा बिक्री हुँदा उपभोक्ता निकै मारमा परेका स्थानीय टेक खड्काले बताए। उनले हप्ता दिन यता प्याजबिनाको तरकारी खाइरहेको बताए।

उपभोक्त विस्ना ऐर प्याज महंगिएर चिन्तित छिन्। उनीजस्तै ज्यालादारी, मजदुरी र समान्य जागिरको भरमा परिवार धानिरहेका मानिसका लागि प्याज चाडपर्वमा खाइने विषेश परिकार जस्तो भएको उनी बताउँछिन् ।

भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको व्यापारीहरु बताउँछन्। त्यसको असर डडेल्धुरामा पनि परेको छ।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्य वृद्धि भएको बताइएको छ। डडेल्धुरा अन्य तरकारी मा आत्मनिर्भर भएता पनि मसलादार तरकारी लसुन, प्याज, धनियामा भने परनिर्भर रहेको कृषि विशेषज्ञले बताए ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १२:३८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...