काठमाडौंमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी, ६ लाखको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–४ चण्डौलस्थित एक घरमा मंगलबार बिहान आगलागी भएको छ ।विद्युत सर्ट भएर स्थानीय विमला अधिकारीको घरमा आगलागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

घरमा आगलागी हुँदा भाडामा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

२०७६ मंशिर ३ गते १४:२० मा प्रकाशित

You can share this post!

सरकारी जागिरमा यस्तो अवसर : लिखित परीक्षाका लागि दरखास्त आह्वान (सूचना सहित)

वाणिज्य बैंकहरुले गरे २६ खर्बको कर्जा प्रवाह, कुन बैंकको कति ?

Related posts