back
NMB ad

निर्मला प्रकरण : पत्रकार खेम भण्डारी जेल चलान !

Kumari bank ad

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको एक अदालती मुद्दालाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै अदालतको अवहेलनामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन ।

अदालतको अवहेलना हुने गरी समाचार र सामाजिक सञ्जालमा लेखेको जिल्ला अदालत कञ्चनपुरले ठहर गर्दै १ घण्टा जेल सजाय तोकेको थियो ।

जिल्ला अदालतले राखेका शर्त पूरा नगरेपछि मंगलवार भण्डारीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई ३ शर्तसहित १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

भण्डारीले कञ्चनपुर कारागारमा १ घण्टा जेल कटाएपछि मंगलवारै छुट्ने जनाइएको छ । जिल्ला बार इकाइले पत्रकार भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेको थियो ।

पत्रकार भण्डारीले आफूले कुनै गलत काम नगरेको भन्दै अदालतका शर्त मान्न अस्वीकार गरेका थिए ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १६:३९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...