back
NMB ad

नयाँ बन्ने मन्त्रीको नाम गोप्य, प्रधानमन्त्री आफैले केही बेरमा घोषणा गर्ने !

Kumari bank ad

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमै मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ । नेकपा सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेरमै मन्त्रिपरिषद पुनर्गठन हुने पुष्टि गर्नु भएको हो ।

‘प्रधानमन्त्रीले यसअघि नै संकेत गरेअनुसार नै तुरुन्तै मन्त्रिपरिषद पुनर्गठन हुन्छ’, सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’

बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ बन्ने मन्त्रीहरुको लिष्ट तयार भए पनि गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीले बुधबार बिहानै अर्का अध्यक्ष दाहाललाई लिएर मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग पनि परामर्श गर्नु भएको थियो ।

बुधबारको सचिवालय बैठकले अध्यक्षद्वको कार्यविभाजनको टुंगो पनि लगाएको छ । बैठकले बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी  दिने निर्णय गरेको छ ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार १६:४२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...