back
NMB ad

निर्माणधिन बहुप्राविधिक महाविद्यालय मुख्यमन्त्री पौडेलद्वारा निरीक्षण

Kumari bank ad

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माणस्थलको निरिक्षण गर्नुभएको छ ।

हेटौंडामा निर्माण हुन लागेको सो स्थानको अवलोकनका क्रममा निर्माण कम्पनीसंग कामको प्रगतीबारे जानकारी लिनुभएको थियो ।

निर्माण प्रकृयामा कुनैपनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।महाविद्यालय निर्माणका लागि गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यासका क्रममा उहाँले द्रुत गतिमा काम गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिनुभएको थियो । बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष २ हजार ५ सय प्राविधिक उत्पादन हुने विश्वास व्यक्त गर्नु भएको छ ।

प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्व रहेकोले यसलाई आफूले बिषेश चासोका साथ हेरेको बताउनुभयो । सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने ४ वटा प्राबिधिक विषय जिबन उपयोगी हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

बिबिध कारणले लामो समय रोकिएको योजना जती सक्दो चाँडो सक्न पनि आग्रह समेत गर्नुभयो । शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले अब आफैले निर्माणको काममा निगरानी गर्ने समेत बताउनु भएको थियो ।

उहाँले ढिलासुस्ती हुन नदिने भन्दै बिहान, बेलुकोका समय मिलाएर निगरानी गर्ने बताउनुभएको थियो । अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको पनि सहभागिता रहेको थियो । शिलान्यास भएदेखि नै जमिन सम्याएर ‘बेस’ तयार गर्ने काम सुरु गरिएको छ ।

२०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रदेश सरकारले २६ बिगाह जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ । भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।

२०७६ मंसिर ०५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...